बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान चन्द्रकोट गाउँपालिकाको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
पुर्तिघाट प्रहरी चौकीका अनुसार भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको डबल क्याप जीप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना हुँदा सत्यवती गाउँपालिका-८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको बताइएको छ ।



















प्रतिक्रिया