२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

गुल्मीको भार्सेबाट बुटवल आउदै गरेको जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु



बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान चन्द्रकोट गाउँपालिकाको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जीप गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको डबल क्याप जीप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना हुँदा सत्यवती गाउँपालिका-८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ५८ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज