२२ माघ २०८२, बिहिबार | February 5, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवालाई एक महिना भित्र दोब्बरले वृद्धी गरिने



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धी गरिने उल्लेख गरे ।

अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरे । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५-२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ ।

दोस्रो कार्यकालका लागि मेडिकल सुपेरिटेन्डेन बनेका डा. ढकालले आफ्नो नेतृत्वमा परिणाम देखिने गरी सुधार गर्दै लैजाने प्रतिवद्धता गरे । अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवाहरुलाई चुस्तदुरुस्त बनाउँदै सकेसम्म सेवाग्राहीलाई अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य गरिने उल्लेख गरे । उपचारका लागि बाहिर जानु पर्ने अवस्थालाई क्रमिक रुपमा सुधार गर्दै लैजाने प्रतिवद्धता गर्दै उनले अस्पताल परिवार सबैको सहकार्य र प्रतिवद्धताको खाँचो औल्याए ।

यसैगरी बढ्दो जनसङ्ख्यालाई सेवा दिनुपर्ने भएकाले गुनासोरहित स्वास्थ्य सेवाका लागि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको साथा आवश्यक रहेको उनले बताए । जनताले निःशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने अधिकार प्रत्याभुतका लागि अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमलाई एक महिना भित्र सुधार गरेर लैजाने प्रतिवद्धता गरे । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराएर सेवालाई सरल र सबैको पहुँचमा पुर्याउनु पर्नेमा उनको जोड थियो ।

अघिल्लो कार्यकालमा आफूले पूरा गरेका जिम्मेवारीभन्दा यस पटक थप चुनौतीहरु रहेको बताउँदै उनले सबै योजनाहरुलाई व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पहल रहने उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको अस्पतालको निर्माणाधिन भवनको कामलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पहल रहने उल्लेख गरे । अस्पतालमा निर्माणको काम भइरहँदा सेवाग्राहीलाई उपलब्ध गराइने स्वास्थ्य सेवामा कुनै कमजोरी वा असर नपर्नेगरी काम अघि बढाउन आफ्नो पहल रहने मेसु ढकालले बताए ।

पदस्थापनको अवसरका शुभकाना व्यक्त गर्दै अस्पताल बिकास समितिका पूर्व अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले सधै सम्झिनेगरी जिम्मेवारी पूरा गर्न मेसु ढकाललाई सुझा दिए । जसभन्दा बढी अपजस आउन सक्ने सार्वजनिक पदमा बसेर काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै उनले यसका सामना लागि सहकार्य नै उपयुक्त विकल्प भएको उल्लेख गरे ।

यसैगरी अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले शुभकामना व्यक्त गर्दै ठूलो जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउने लुम्बिनी प्रादेशिक अस्पतालमा सकेसम्म कमभन्दा कम गुनासो आउने गरी कार्यसम्पादन गर्न सुझाब दिए । स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या र चुनौतिहरु रहेको बताउँदै उनले ती चुतौतिको सामना गर्न सक्षम नेतृत्व र भूमिकाको आवश्यक रहने उल्लेख गरे ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा आयोजित पदस्थापन तथा शुभाकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, अस्पतालका विभाग प्रमुखहरु तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : १३ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने