२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काठमाडौं महानगरले तीन ठाउमा टी-२० विश्वकप निःशुल्क देखाउने



काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो ।

नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।

टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ  ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ५४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष