१७ असार २०८३, बुधबार | July 1, 2026

बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम



काठमाडौं । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।

त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे। नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताए ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलव्ध सुविधाबारे जानकारी दिएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपाली भूमिबाट सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो । चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  २ : १२ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश