२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाढीबाट जनधन जोगाउन नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास



नेपालगन्ज । मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । बाँके जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपालगन्जको वाटरपार्कमा बाढी सम्बन्धि बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको विपद प्रतिकार्य टोलिले बाढीबाट हुने विपदबाट नागरिकलाई जोगाउने, बाढीबाट हुन सक्ने धनजनको क्षतिलाई रोक्ने र उद्दार गर्ने अभ्यास गरेका थिए । उक्त अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेले बाढीको जोखिमबाट घाइते भएकाहरुलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पुर्याउनले अभ्यास गरेका थिए ।

बाढी विपदबाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्व तयारी स्वरुप बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको छ ।

बाढी कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए । बाँकेको तटीय क्षेत्रमा रहेको बस्तीहरु बढी बाढी जोखिममा रहेको हुदा बाढी बिपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पुर्व तयारीमा र जनचेतना टेवा पुर्याउने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रुपन ज्ञवालीले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १२ : १२ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं