७ पुस २०८२, सोमबार | December 22, 2025

बाढीबाट जनधन जोगाउन नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास



नेपालगन्ज । मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । बाँके जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपालगन्जको वाटरपार्कमा बाढी सम्बन्धि बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको विपद प्रतिकार्य टोलिले बाढीबाट हुने विपदबाट नागरिकलाई जोगाउने, बाढीबाट हुन सक्ने धनजनको क्षतिलाई रोक्ने र उद्दार गर्ने अभ्यास गरेका थिए । उक्त अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेले बाढीको जोखिमबाट घाइते भएकाहरुलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पुर्याउनले अभ्यास गरेका थिए ।

बाढी विपदबाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्व तयारी स्वरुप बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको छ ।

बाढी कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए । बाँकेको तटीय क्षेत्रमा रहेको बस्तीहरु बढी बाढी जोखिममा रहेको हुदा बाढी बिपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पुर्व तयारीमा र जनचेतना टेवा पुर्याउने उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रुपन ज्ञवालीले सहजिकरण गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  १२ : १२ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका