३ पुस २०८२, बिहिबार | December 19, 2025

धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता सहितको सामग्री वितरण



नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराए । बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए ।

बाँके युनेस्को र कतार च्यारिटीको टोलीले दुबै विद्यालयको परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो । ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि ५१ वटा सिलिंग पंखाहरु पनि जडान गरिएको युनेस्कोले जनाएको छ ।

अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका ५३ विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए ।

सो कार्यक्रममा कतार च्यारिटिका कार्यक्रम प्रबन्धक इर्शाद शेष, परियोजना संयोजकहरु फारिस, केफस महर्जन र रचना थापा, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारिणी सदस्य भावकुजंग थापा, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, परियोजना अधिकृत नदीम शाह र फिल्ड सुपरभाइजर अर्पित लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ५६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको