२६ बैशाख २०८३, शनिबार | May 9, 2026

धनगढीका ८६५ बालबालिकालाई गर्मीबाट जोगाउन छाता सहितको सामग्री वितरण



नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको तातो हावा परियोजना अन्तर्गत कैलालीको धनगढीस्थित दुईवटा बिद्यालयका बिद्यार्थिहरुलाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत धनगढीको भवानी माबि र सिद्धनाथ माबिका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो ।

सामाग्री बितरण कार्यक्रममा बोल्दै कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराए । बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए ।

बाँके युनेस्को र कतार च्यारिटीको टोलीले दुबै विद्यालयको परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो । ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि ५१ वटा सिलिंग पंखाहरु पनि जडान गरिएको युनेस्कोले जनाएको छ ।

अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका ५३ विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिए ।

सो कार्यक्रममा कतार च्यारिटिका कार्यक्रम प्रबन्धक इर्शाद शेष, परियोजना संयोजकहरु फारिस, केफस महर्जन र रचना थापा, बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, मुख्य संरक्षक परवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारिणी सदस्य भावकुजंग थापा, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, परियोजना अधिकृत नदीम शाह र फिल्ड सुपरभाइजर अर्पित लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ३ : ५६ बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै