२२ माघ २०८२, बिहिबार | February 5, 2026

पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयर सर्वोच्च पुगे



काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।

उनले व्यासको पुनः मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

न्यौपानेले विहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुनः मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको थियो ।

निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ६ : ३९ बजे

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका