६ पुस २०८२, आइतबार | December 22, 2025

पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयर सर्वोच्च पुगे



काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।

उनले व्यासको पुनः मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

न्यौपानेले विहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुनः मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुनः मतगणना गर्न आदेश दिएको थियो ।

निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ६ : ३९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको