१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगर सबै अस्पताललाई आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नै औषधि पसल नभएको पाइएपछि सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिए ।

उनले भने, “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्ता गुणस्तरीय सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।” अस्पतालले अनिवार्यरुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ८ : ४४ बजे

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

‘२०६४ सालमा माओवादीलाई मत दिनु देशको गल्ती’ : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ सालमा जनताले

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले