७ पुस २०८२, सोमबार | December 23, 2025

नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित



काठमाडौं । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आज (शनिबार) का लागि तोकिएको थियो ।

आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

शुक्रबार एक सूचना जारी गर्दै पोखरेलले भनेका छन्, ‘यही जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको छ । मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने जानकारी गराइन्छ ।’

महासंघको मतदाता नामावलीका विषयमा विवाद भएपछि महासंघमा आबद्ध विभिन्न पत्रकार संघ संस्थाले केन्द्र देखि जिल्लासम्मका महासंघका कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले सूचनामार्फत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ७ : ५३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत