२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी



काठमाडौँ । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका छन् ।

मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

मोदीले आज साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनेछन् । राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गरेका थिए ।

शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यसअघि शुक्रबार नै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट सरकार गठनको दाबी पेश गरेका थिए । उनलाई शुक्रबार नै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो ।

भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : २५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले