९ भदौ २०८३, मंगलबार | August 25, 2026

भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान, आजै राष्ट्रपति पुटिनलाई भेटने



नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गरेका छन । उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरेका हुन ।

भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री नरेन्द्र मोदी रूस र अस्ट्रियाको भ्रमणमा गएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो चरणमा २२ औँ भारत-रूस वार्षिक शिखर सम्मेलनमा सहभागितालगायत आवश्वक गतिबिधि बढाउने अवसरको साझेदारी बन्नेछ ।

रूसको भ्रमणपछि, प्रधानमन्त्री मोदी जुलाई ९ र १० मा अस्ट्रियाको ऐतिहासिक भ्रमणमा रहनेछन । यो भारतीय प्रधानमन्त्रीको ४१ वर्षपछिको अस्ट्रिया भ्रमण हो ।

यसअघि एएनआईसँग कुरा गर्दै विदेशमन्त्री एस जयशङ्करले यो भ्रमण प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनका लागि समयसापेक्ष तथा सम्बन्धबारे छलफल गर्ने ठूलो अवसर हुने बताएका थिए ।

दुई राष्ट्रको वार्षिक शिखर सम्मेलनमा केही ढिलाइ भएता पनि परम्परागत र बलियो इतिहास भएकोले उनले वार्षिक शिखर सम्मेलनको आवश्यकतालाई महत्त्व दिएको बताए ।

रूसका लागि भारतीय राजदूत विनय कुमारले प्रधानमन्त्री मोदीले सोमबार नै रूसी नेता पुटिनलाई भेट्ने बताउँदै यो भ्रमण निकै महत्त्वपूर्ण भएको बताए ।

भारतीय राजदूतले कार्यक्रममा रूसी राष्ट्रपति पुटिनसँगको निजी बैठक, प्रतिनिधिमण्डल स्तरको वार्ता, रोसाटम प्याभिलियनमा रहेको प्रदर्शनी केन्द्र भ्रमण र विभिन्न सम्झौतामा हस्ताक्षर र आदानप्रदान गर्ने तयारी गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्रीको रुस भ्रमणको विवरण सार्वजनिक गर्दै विदेश सचिव विनय क्वात्राले सन् २०२२ मा उज्बेकिस्तानको समरकन्दमा भएको अनौपचारिक भेटपछि दुवै नेताले धेरै पटक फोनमा कुरा गरेको बताए ।

भारत र अस्ट्रियाले कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा भएको प्रधानमन्त्री मोदीको अस्ट्रिया भ्रमणका अवसरमा उनले अस्ट्रियाका चान्सलर कार्ल नेहमरसँग दुई देशबीचको सम्बन्ध बलियो बनाउन र सहयोगका नयाँ आयामहरू खोजी गर्ने विषयमा गहन छलफल गर्नेछन ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ४८ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै