१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कालीगण्डकी करिडोरः फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती



पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।

करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ । पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।

विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनुपर्ने भएका कारण कामले गति लिन नसकेको हो । नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ । मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन ।

पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो । विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा–कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि काम रोकिएको छ ।

उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ । कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १० : ०३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा