१८ चैत्र २०८२, बुधबार | April 1, 2026

तराईमा तातो हावाको लहर बढ्नसक्ने, ‘लु’ लागे के गर्ने ? यस्तो छ चिकित्सकको सल्लाह



बुटवल । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् ।

विभागले भनेको छ, “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४.२ डिग्री र धनगढीमा ४४.१ डिग्री तापक्रम मापन भएको थियो ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत रहेकाले सोबाट बच्नुपर्ने मौसमविद् महर्जनको भनाइ छ ।

“तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ”, उनले भनिन् ।

यता लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकले तातो हावा चलेको बेला सकेसम्म बाहीर ननिस्कन, कडा खाले शारिरीक अभ्यास नगर्न, घाममा कडा परिश्रम नगर्न सल्लाह दिएका छन् । उनले बाहिर निस्कनै परे कालो पोशाक नलगाई सेतो र खुल्ला सुतिको कपडा प्रयोग गर्न, प्रसस्त झालिलो पदार्थ सेवन गर्न सुझाव दिएका छन् । अकस्मात ‘लु’ लागिहालेमा खुल्ला र सित्तल स्थानमा बस्ने र चिसो पानीले शरिर पुछिदिनुपर्ने बताए । ‘लु’ लाग्दा थकाई लाग्ने, कमजोरी हुने, बढी टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, छिनछिनमा बिर्सने, होस हराउने र बेहोस हुने सम्म हुन सक्ने उनले चेतावनी दिए ।

उनका अनुसार सामान्यतया बाहिरी मौसम २७ देखि ३८ डिग्रीमा गर्मी महसुस हुने, पसीना आउने तथा प्यास लाग्ने हुन्छ भने ३९ देखि ४० को तापक्रममा हार्ट रेट बढ्ने, ब्लड प्रेशरको समस्या, सांस फुल्ने र धेरै पसीना आउने गर्दछ । त्यसैगरि ४० डिग्री देखि माथिको ४१ डिग्री सम्ममा चक्कर लाग्ने, कमजोर महसुस हुने, दबावमहसुस र टाउको दुख्ने हुने गर्दछ भने ४१ देखि ४२ सम्मको तापक्रममा मसल बौंडिने, कन्फ्यूजन हुने, थकान र घबराहत महसुस हुने गर्दछ ।

४२ डिग्री देखि माथिको तापक्रम र तातो हावाबाट गम्भीर कन्फ्यूजन, बेहोश हुने र ४४ भन्दा माथिको तापक्रममो ब्रेन डैमेज, ब्रेन शॉक सम्म हुन सक्ने डा. पाठकले बताए । ‘हिट स्ट्रोक’का कारण मानिसको मृत्यु पनि हुन सक्ने उनले बताए ।

विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भूभागमा मौसम सफा रहने जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार लुम्बिनी, कर्णाली र सुदूररपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : ५३ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज