९ श्रावण २०८३, शनिबार | July 25, 2026

जनकपुरमा आजदेखि जसपा नेपालको महाधिवेशन



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ ।

महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुदै छन् भने एक लाख कार्याकर्ता पनि महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताहरूको पनि सहभागिता रहने छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ३९ बजे

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको

एमाले र नेकपाबीच ३ बुँदे सहमति : कोशी, बागमती र लुम्बिनी एमालेलाई, कर्णाली र सुदुरपश्चिम नेकपालाई

काठमाडौं । राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक