१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन अभ्यास



काठमाडौं । विमान दुर्घटना भएमा के गर्ने भन्ने विषयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्ण अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन पूर्वअभ्यास गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले सङ्कटकालीन अवस्था वा दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउने र छिटोभन्दा छिटो विमानस्थलको सञ्चालन गराउने सम्बन्धमा सचेतना र सतर्कता अभिवृधिका लागि अभ्यास गराइएको बताए । यस कार्यले सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि, सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराउन भूमिका खेल्ने उनको भनाई छ ।

यसैगरी अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्टकालीन योजनाअनुसार गरिने अभ्यासमध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको प्रवक्ता झाले बताए ।

यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने आइकाओको मापदण्ड तथा यस विमानस्थलको संकटकालीन योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उनले बताए ।

विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो विमानमा दुर्घटनापछि यात्रु तथा चालकको उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । अभ्यासका क्रममा पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा ‘होल्ड’ भएका थिए । उक्त अभ्यासको अवलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी, सुरक्षाकर्मीलगायत अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ३६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित