८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

‘भारतीय निर्वाचनले अतिवाद र घृणाको राजनीतिलाई परास्त गरेको छ’



ललितपुर । भारतीय राजनीतिका जानकारहरुले हालै सम्पन्न भारतीय निर्वाचनले अतिवाद र घृणाको राजनीतिलाई परास्त गरेको विश्लेषण गरेका छन् ।

भारतीय निर्वाचनको प्रभावका सन्दर्भमा आधारित रहेर पाटनढोकास्थित यलमाया केन्द्रमा आज आयोजित अन्तरक्रियामा सहभागी विज्ञ, भारतीय राजनीतिका जानकार, कूटनीतिज्ञले निर्वाचनबाट भारतमा घृणाको राजनीतिले प्रशय पाउनुहुँदैन भन्ने मान्यता स्थापित भएको बताए ।

उनीहरुले निर्वाचनको परिणामले सत्तापक्षभित्रै पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने जमातका कारण सरकार टिकाउन नै हम्मेहम्मे पर्नसक्ने धारणा राखे ।

कान्तिपुर दैनिकका पूर्वसम्पादक तथा कूटनीतिक मामिलाकार जानकार सुधीर शर्माले विगतको निर्वाचनको परिमाणभन्दा अहिलेको निर्वाचनले भारतीय सत्तापक्षलाई कमजोर बनाएको बताउँदै नेपालले यसको फाइदा लिनसक्नुपर्ने बताए ।

“अहिलेको परिमाणअनुसार भारतीय सत्तापक्ष नेपाललाई प्राथमिकतामा राख्नसक्छ, यसबाट हामीले धेरै फाइदा लिनसक्ने अवस्था छ । सञ्चारमाध्यमलाई पनि सत्ताको पछाडि अन्धभक्त भएर लाग्नु हुँदैन भन्ने सिकाएको छ”, उनले भने ।

उनले निर्वाचनले ल्याएको परिणामलाई नेपाल–भारत सम्बन्धका हिसाबले हेर्दा उनीहरुको नेपालप्रतिको नीति र सम्बन्धमा केही नयाँ चुनौती थपिएको बताए । “राजनीति स्थितिलाई यथास्थितिमा राखेर आर्थिक गतिविधिलाई बढाउने भारतीय रणनीति देखिन्छ”, उनले भने ।

सन् २०१४ को निर्वाचनपछि नेपाल भारतीय सत्तापक्षको प्राथमिकतामा थियो भन्दै उनले त्यो स्थिति एक वर्ष पनि टिक्न नसकेको बताए । “सन् २०१५ मा नेपालमा संविधान जारी भयो, भारतले स्वीकार गर्न सकेन, त्यसपछि नाकाबन्दी भयो, अहिले पनि उसको सम्झौतापरक नीति देखिन्छ, विश्व परिदृष्यमा भारतको महत्वकाङ्क्षा बढिरहेको छ, यसलाई हामीले पनि ध्यानपूर्वक हेर्नुपर्छ”, शर्माले भने ।

सञ्चारकर्मी जेबी पुनमगरले भारतीय निर्वाचनमा पत्रकार पनि चुकेको बताए । नेकपा (एमाले)का नेता रघुजी पन्तले सन् २०१४ मा भारतीय जनता पार्टीले घोषणापत्रमा सार्कलाई बलियो बनाउने नीति लिए पनि अहिले उसले छाडेको बताए ।

अग्रज पत्रकार कनकमणि दीक्षितले अहिले निर्वाचनले मोदीलाई केही कमजोर बनाएको जस्तो देखिए पनि सोचमा भने कमजोर नबनाएको धारणा राखे । अन्तरक्रियामा सहभागीले भारतीय निर्वाचनको परिणामले नेपाली जनस्तरमा आशावादी बनाएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  १० : ०१ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश