१ पुस २०८२, मंगलबार | December 17, 2025

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिदाइ गरे । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित थिए ।

जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गगर्नेछन् । त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछज् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष