३ पुस २०८२, बिहिबार | December 18, 2025

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटै आरोपमा दोषी ठहर गरिएको छ ।

१२ सदस्यीय निर्णायक मण्डलले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् ।

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन ।

एक सातासम्म चलेको यस मुद्दामा प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि निर्णायकले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषधको लतबारे पनि छलफल गरेको थियो ।

हन्टर विरुद्ध झुटा बयान दिएको र अवैध थुनामा राखेको एउटा अभियोग लगाइए पनि उनले अपराध स्वीकार भने गरेका छैनन् ।

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो । मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित भएकी थिइन् ।

त्यस्तै हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका छन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ ।

उनी दोषी ठहर भएका तीनवटा आरोपमा अधिकतम तीस वर्षको सजाय हुनसक्ने व्यवस्था छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा उनलाई छोटो अवधिको लागि पठाइने विश्वास गरिएको छ ।

अमेरिकामा बन्दुक किन्दा झूटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी लागुऔषध दुर्व्यसनी भएको व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने, उसले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्ने बताइएको छ ।

हन्टर बिडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए ।

अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाइएको छ ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ५६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका