२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

महिलाहरुले बाजा बजाउने सिप सिकेपछि….



म्याग्दी । संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउने पेशा अपनाएका हुन् ।

संस्कृति र पेशालाई संरक्षण गर्दै आयआर्जन तथा आत्मनिर्भर बन्नका लागि बाजा बजाउन थालेको बेनी नगरपालिका–१० पात्लेखेतको सिद्धबराह आमा समूहका सचिव गीता रोकाले बताइन् । “गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो,” उनले भनिन् “छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कारगत कार्यनै प्रभावित हुने अवस्था आएपछि महिलाहरुले बाजा बजाउने सिप सिकेर व्यवसाय थालेका छौ ।”

बाजा बजाउने सिप सिकेपछि मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनको अवसर सिर्जना भएको पात्लेखेतकी सम्झना रोकाले बताइन् । बेनी नगरपालिकाको “आमा समूहसँग उपमेयर” कार्यक्रम मार्फत पात्लेखेतका ३० जना महिलाहरुलाई हालै ४५ दिनसम्म बाजा बजाउने तालिम दिइएको थियो । तालिममा सहभागीहरुका लागि दुई सेट नौमती बाजाका सामग्री पनि उपलब्ध गराएको बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले बताए । सिप र सामग्री पाएपछि पात्लेखेतका महिलाहरुले व्यवसायिक रुपमा बाजा बजाउन थालेका उनले बताए । नगरपालिकाले नौमती बाजा तालिम सञ्चालन र सामग्री खरिदमा रु. ६ लाख बिनियोजन गरेको थियो ।

समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन कार्यक्रम मार्फत सिप र प्रविधि सहयोग गरीएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताइन् । “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौ,” उनले भनिन् “चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको कार्यक्रम वडा नम्बर २ र १० मा लागू भएको छ ।”

 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  २ : ०३ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक