२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चिनियाँ मन्त्रीको लुम्बिनी भ्रमण, लुम्बिनीको प्रवर्द्धनका लागि विमानस्थलमा उडान गर्ने प्रतिबद्धता



लुम्बिनी । चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । चीनको धार्मिक तथा साँस्कृतिक मन्त्रालय हेर्ने मन्त्री सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमे) ले स्वागत गरे ।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामि दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहार मार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने एवम नेपाल चीनको साँस्कृतिक सम्बन्ध दिगो बनाउने उदेश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताए । मन्त्री रुइफेंङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।

भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चिनबाट नियमित उडानका लागि तत्तकाल पहल गर्न आग्रह गरे । उनले नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरे । यस्तै चीनसँग नेपालको पुरानो सम्बन्ध रहेको बताउँदै आफूहरु लुम्बिनीमा चिनिया तीर्थयात्रुहरुलाई स्वागत गर्न सधै आतुर रहेको बताए ।

उपाध्यक्ष डा. लामाको विमानस्थलप्रतीको चासोप्रति चिनियाँ मन्त्री रुईफेंङले चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकरात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले छिट्टै उडान हुने प्रतिबद्धता जनाए । उनले राजनीतिक रुपमा सचेत व्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्ष भएकोमा देख्दा निकै खुशी लागेको बताउँदै चीन सरकार बुद्ध, लुम्बिनी र नेपालीहरुसँग सहकार्यका लागि सदैव सकरात्मक रहने बताए ।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई सहितको उपस्थिती रहेको थियो । मन्त्री सहितको टोलीको स्वागतमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई लगायतको उपस्थिती थियो । मन्त्री रुईफेंङले लुम्बिनी विकास कोषको कार्यालयमा भेटघाट गरी उपाध्यक्ष लामासँग मायाको चिनो आदानप्रदान समेत गरेका थिए ।

यसैगरी मन्त्री रुईफेंङले लुम्बिनी स्थित चिनियाँ विहारको समेत भ्रमण गरे । विहारमा चाईनिज बुद्धिष्ट सोसाईटीका उपाध्यक्ष मास्टर यिन सुनले जानकारी सहित बिफ्रिङ गरेका थिए । मन्त्री रुइफेंङले चिनियाँ विहारको भ्रमणसँगै त्यहाँ निर्माण हुने विहारको शिलान्यास र पिपलको रुखको बृक्षारोपण गरेका थिए । यसअघि चिनियाँ मन्त्री चेनलाई अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलमा चीन नेपाल मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले स्वागत गरेका थिए ।

बुधबार नै सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानआर्कषण गराउँदै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ९ : ३५ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज