१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नुवाकोटबाट बुटवल झर्दै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु



बुटवल । तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवल झर्ने क्रममा भ्यू पोईन्ट नजिकै सडकबाट झण्डै १ सय मिटर कार खस्दा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ९ बजेको समयमा नुवाकोट घुम्न गएकाहरु सवार लु २ च ८५३१ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनाबाट मृत्यु हुनेहरुमा बुटवल १० का ५६ वर्षिय रामप्रसाद शर्मा (छबिलाल), तिलोत्तमा ३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षिया भगवती श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा परि ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार व्यवस्थापक हुन् । लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समय यता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए ।

विभिन्न सामाजिक र व्यवसायिक संस्थाहरुमा सक्रिय शर्मा उद्योगबाट उत्पादीत उत्पादनको बजारीकरणमा अब्बल व्यवस्थापक मानिन्छन् ।

रमपम चाउचाउ हुदै लाली चाउचाउको बजारीकरण र व्यवस्थापनमा उनले आफुलाई राष्ट्रिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । शर्मा पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रुपमा कायरत थिए ।

दुर्घटनामा परि २ जना घाइते भएका छन् । घाइते हुनेमा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ रहेका छन् । उनिहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ४२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा