१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा



ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए ।

साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उनले भने, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।

यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए । उनले भने, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।”

यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहेका छन भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहेका छन । शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरु छन भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ११ : ३४ बजे

आचारसंहिता कार्यान्वयन बारे लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न

निर्वाचन विशेष मौसम बुलेटिन : उल्लेखनीय प्रभाव नदेखिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही

प्रतिनिधिसभा सदस्य निर्वाचन : आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

पोखरा । गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा