१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता



काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्व सूचना मोबाइल एसएमएस मार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन वाहकले प्राप्तगर्न सक्ने छन् । यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात÷हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन ९न्ीइँ०, ढडेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने छ ।

यसकालागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिले देखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत गरी ७०० थान सिम उपलब्ध गराएको छ र यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ ।

नेपाल टेलिकमले विगत २०७३ साल देखि नै यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको र गत २०७९ साउन १६ गते भएको सम्झौतामा थप बुँदाहरु समेत समावेश गरी सम्झौता नवीकरण गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ साल देखि अनवरत रुपमा निःशुल्कमा एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याई विपद् जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएकोमा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्रद्वारा सम्मानित गर्दै आएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १२ : ४३ बजे

कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

भद्रपुर । यहाँको बिर्तामोड नगरपालिका-४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा

आजको मौसम : हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक

इंग्ल्यान्डद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित, सेमिफाइनलमा स्थान सुरक्षित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत सुपर-८ चरणको प्रतिस्पर्धा