२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा



काठमडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ ।

आज साँझ मनसुन विशेष मौसम बुलेटिन जारीगरी विभागको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रहरूमा न्यूनचापीय प्रणालीको प्रभावको कारण भारी वर्षा हुन लागेको हो ।

विभागले भनेको छ, “असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भूभागका एकदुई स्थानमासमेत भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको छ ।”

महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको विभागले जनाएकको छ ।

यस प्रणालीको प्रभावले यही शनिबार साँझदेखि असार १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।

तसर्थ, सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

यस मनसुन प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने विशेष बुलेटिनमा उल्लेख छ । तसर्थ यस महाशाखाबाट जारी हुने तीनदिने मौसम बुलेटिन नियमित हेर्नुहुन र अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि भनिएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : २९ बजे

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट