८ चैत्र २०८२, आइतबार | March 23, 2026

लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट सार्वजनिक (पूर्णपाठसहित)



बुटवल । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब ५० करोड ९७ लाखले कमी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ।

मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए ।

मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ६ : १९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय