११ माघ २०८२, आइतबार | January 25, 2026

क्रिकेट खेलाडीसहित अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई नगद पुरस्कार प्रदान



काठमाडौँ ।  अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमबिच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

पुरस्कार पाउनेमा १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङ, १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी पुरुष टी(२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सरकारको तर्फबाट खेलाडीहरूलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

जसमा १९औँ एसियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिमक सदस्यलाई जनही ३ लाख ९० हजार प्रदान गरिएको छ भने चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान गरिएको छ ।

त्यस्तै १९औँ एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार प्रदान गरिएको छ भने आइसीसी पुरुष टी(२० विश्वकप फाइनल एसियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १३ लाख नगद रकम प्रदान गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : १६ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)