१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

गुलरिया-१२ बालविवाह मुक्त वडा घोषणा



बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त नगर पालिका बनाउने अभियानलाई तिव्र पारिएको छ ।

सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नं १२ बाट बालविवाहमुक्त अभियानको थालनी भएको छ । नगरपालिकालाई बालबिबाह मुक्त नगर बनाउने अभियान स्वरुप वडा नं १२ बाट बालविवाहमुक्त अभियान घोषणा गरिएको हो ।

गुलरिया वडा नम्बर १२ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्दै सबैलाई अभियानमा लाग्ने धन्यवाद दिए ।

उनँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि वडाहरुले बिशेष सहयोग र पहल गर्नुपर्नेमा जोड दिए ।

गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले विभिन्न संघसंस्था, जनप्रतिनिधि र स्थानीयको सहयोगमा वडालाई बालबिवाहमुक्त बनाउन सकिएको जनाउँदै सबैको सहयोग र साथ निरन्तर चाहिएको बताइन् ।

घोषणा कार्यक्रममा गुलरियाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि अधिकांशले सबैले बालविवाह विरुद्ध एकजुट भएर काम गर्ने तथा नगरपालिकामा बालविवाहको प्रचलनलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले प्रतिवेदन प्रस्तुत गर्दै बालविवाह न्यूनीकरणका लागि विभिन्न सरोकारवालाहरूले गरेको प्रयासहरू बारे जानकारी गराउँदै नगरपालिकामा बालबिबाहको अवस्था बारे पनि जानकारी गरएका थिए ।

सो कार्यक्रममा ९ भन्दा बढी विभिन्न समुहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सो अवसरमा करिब १२ सय जना स्थानीयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : २६ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल