२० मंसिर २०८२, शनिबार | December 6, 2025

यथाशिघ्र पत्रकार महासंघको निर्वाचन गर्न प्रेस सेन्टर लुम्बिनीको माग



दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । संगठनको दाङमा सोमबार सम्पन्न बैठकले विविध बहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग गरेको हो ।

प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला इन्चार्ज, अध्यक्षसहितको उपस्थितिमा सम्पन्न बैठकले श्रमजीवी पत्रकारको छाता संगठन पत्रकार महासंघको निर्वाचन समयमै नहुनुले यसको गरिमामाथि नै प्रश्न उठ्न सक्ने तर्फ सचेत हुन केन्द्रिय नेतृत्वलाई दवाव दिने निर्णय गरेको सेन्टरका अध्यक्ष मानसिंह बिकले जानकारी दिए । “हामी इमान्दारिताका साथ शुद्धिकरण अभियानलाई टुंगोमा पुर्याउने र जस्तोसुकै त्याग गरेर भएपनि यथाशिघ्र महासंघको निर्वाचन गर्ने कुरामा प्रतिबद्ध छौँ, सोही अनुसार केन्द्रिय नेतृत्वलाई दवाव दिन्छौं ।” अध्यक्ष विकले भने ।

बैठकमा बोल्दै नेकपा माओवादीका लुम्बिनी प्रदेश सचिव तथा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका फ्र्याक्सन इन्चार्ज कृष्ण कुमार अधिकारी(प्रकाश)ले १२ वटै जिल्लाबाट एकमत एकताका साथ निर्वाचनमा लाग्न निर्देशन दिए । उनले पार्टीको नयाँ बिधान अनुसार संगठनहरूलाई नयाँ बिचारको संश्लेषण सहित विधि निर्माणको प्रयास भइरहेको समेत बताए । सङ्गठन निर्माणमा नेता कार्यकर्ताको इमान्दारिताको मूल्याङ्मन विधि सहित प्रेस सेन्टरलाई अन्य सङ्गठन भन्दा राम्रो र फरक खालको बनाउन सुझाव दिए ।

त्यसैगरी सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले श्रमजीवी पत्रकारको हकहितमा लड्ने संस्थालाई विवादित गराउने कार्यमा कोही पनि संलग्न नहुन आग्रह गरे । उनले भने , “पत्रकार महासंघ रातारात बनेको संस्था होइन, यसलाई संस्थागत गर्न अग्रजले गरेको त्याग र यसको गरिमाको बारेमा महासंघको नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।”

बैठकले लुम्बिनी प्रदेश सरकारलाई संचारमाध्यम सुचिकृत गर्ने कार्य आर्थिक वर्षको सुरुवात संगै सुरू गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । “संचारमाध्यम सुचिकृत गर्ने र लोककल्याणकारी सूचना आर्थिक वर्षको उत्तरार्धमा गर्ने कार्य गलत छ” सेन्टरका वरिष्ठ परदेश उपाध्यक्ष रुद्रहरी कुंवरले भने , “बैठकले पत्रपत्रिका, रेडियो, टेलिभिजनसंगै अनलाइनलाई पनि सुचिकृत गर्न र लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको छ, संगठनले त्यसको लागि पहल गर्छ ।”

१२ वटै जिल्लाका जिल्ला इन्चार्ज, अध्यक्षले आगामी निर्वाचनको लागि जिल्लाले गरेको तयारीबारे ब्रिफिंग गरेका थिए ।बैठकले आसन्न महासंघको निर्वाचनको तयारीमा जुट्न जिल्ला शाखालाई निर्देशन दिएको जनाईएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ११ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले