१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट पास हुने दिन संसद बहिस्कार गर्ने



काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए ।

उनले भने, ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’

उनले प्रधानमन्त्रीको जिल्ला मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए । उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : २५ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज