२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट पास हुने दिन संसद बहिस्कार गर्ने



काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बजेट पारित गर्ने दिन संसद बैठक बहिष्कार गर्ने घोषणा गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले बजेटले ठूला राजनीतिक दलका नेताको गृह जिल्लामा मात्र विनियोजन गरिएको आरोप लगाउदै बजेट पारित हुने दिनको बैठक बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउदै उनले संसदमा आएर बजेटमा गरिएको विभेदप्रति जवाफ दिन्न सभामुखले रुलिङ गर्न माग गरेका थिए ।

उनले भने, ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’

उनले प्रधानमन्त्रीको जिल्ला मन्त्रीको जिल्ला, सत्ता समीकरणका दलका नेताको जिल्लामा बजेट धेरै विनियोजन गरिएको बताए । उनले धनुषा र झापामा अर्बौं बजेट विनियोजन गरेको र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १ : २५ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु