८ पुस २०८२, मंगलबार | December 23, 2025

विद्युतीकरणले महाभारत गाउँपालिकामा ल्याएको खुसी



धुलिखेल । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आएको पाँच वर्ष भयो । वडा नं ५ को किल्लामा पसल सञ्चालन गर्दै आएका उनले गाउँमा विद्युत्को सुविधापछि आम्दानी पनि बढेको अनुभव सुनाए ।

यसअघि सोलार प्रयोग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उनको भनाइ छ । “अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ”, उनले भने ।

रोशी गाउँपालिका घर भई महाभारत गाउँपालिका–५ मा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका महेश सुन्दासले पनि बत्तीको सुविधाले काममा सहज भएको बताए। बत्तीको सुविधापछि मेसिन चलाएर चाँडो काम गर्न सकिएको उनले सुए ।

केन्द्रीय प्रसारण लाइन पुगेपछि वडा नं ५ चारकिल्लाका कान्छामान ग्लानले गाउँमा नै कुटानी÷पिसानी मिल सञ्चालन सुरु गरेका छन्। आफूले सुरु गरेको सो व्यवसायले गाउँमा पनि सुविधा पुगेको उनले बताए। गाउँमा नै मिल सञ्चालमा आएपछि मकै, कोदो, फापर र गुहँलगायत तोरी र सस्र्युं पेल्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो ।

महाभारत–४ कलवानका स्थानीय दीपेश लामा र वडा नं ३ का दिलकुमार आले मगरले बत्ती पुगेपछि विद्यार्थीको पढाइमा सहयोग पुगेको बताए। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मुलुक सङ्घीय संरचनामा गएपछि विकट बस्तीमा विद्युत् र सडक सञ्जाल पु¥याउन स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्वपूर्ण भएको बताए।

नेपाल विद्युत् प्राधिकरणको आयोजना तथा विश्व बैङ्कको लगानीमा २०७७ सालबाट सुरु भई महाभारत गाउँपालिकालाई २०८१ मा पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिएको थियो । “पहिले टुकी बत्तीदेखि केही ठाउँमा साना लघुजलविद्युत् र सोलारमा आश्रित यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तारपछि खुसी भएका छन् ।”

अहिले गाउँमा योजनाबद्ध विकासका आयोजना अघि बढाइएको उल्लेख गर्दै उनले डेढ वर्षभित्र कालोपत्र सडकको पनि पहुँच विस्तार हुने बताए। साथै खानेपानी, मुख्य सडकदेखि वडाहरु जोड्ने साना सडक निर्माण र कृषि उत्पादनका लागि कफी पकेट क्षेत्र घोषणा गरिएको उन्को भनाइ छ । यसका लागि पालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले बताए।

पूर्ण विद्युतीकरण घोषणाका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताएका थिए ।

विकटका बस्तीलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेको उनको भनाइ थियो । मन्त्री बस्नेतले महाभारत गाउँपालिकालाई गत जेठ ३१ गते पूर्ण विद्युतीकरण पालिका घोषणा गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : १९ बजे

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन

राष्ट्रपति पौडेलद्वारा प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल, प्रधानमन्त्री कार्की पनि सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई