४ पुस २०८२, शुक्रबार | December 20, 2025

ताप्लेजुङमा राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराएका छन् । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठूलो भौतिक क्षति भइसकेको छ ।

प्रतिनिधिसभाका सदस्यहरु योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू)ले आज उपप्रधानमन्त्रीसमक्ष भेट गरी उनको ध्यानाकर्षण गराएका हुन् ।

जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको छ ।

भेटमा गृहमन्त्री लामिछानेले ताप्लेजुङमा परेको विपत्तिबारेमा आफू जानकार रहेको र राहत, उद्धार र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी स्थानीय तह, प्रदेश सरकार, सङ्घका सरकारी कार्यालयसँगको समन्वय र सहकार्यमा सबै कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको