१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु, जिम्मेवार भएर काम गर्न स्वास्थ्यमन्त्री पुनको निर्देशन



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरे ।

यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकट कै लागि घण्टौंसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको उल्लेख गरे । समय र प्रविधिको विकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै उनले अस्पतालले नयाँ अभ्यासको सुरुवात गर्नु आफैमा सकारात्मक भएको उल्लेख गरे । सरकारले समेत प्रविधिको प्रयोग गरी सबै स्वास्थ्य संस्थाहरुमा मन्त्रालयको कोठामै बसेर अनुगमन र मुल्याङ्कन गर्ने प्रविधिको सुरुवात गर्ने तयारी भएको उल्लेख गरे ।

प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पताललाई बजेटको व्यवस्था गरेको मन्त्री पुनले बताए । अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नुका साथै यहाँको सेवामा समेत थप गुणस्तरीयता ल्याउनु पर्नेमा उनले जोड दिए । अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै उनले जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । “अस्पतालमा आउने हाम्रा सेवाग्राही मात्र होइनन्, सचेत नागरिक पनि हुन । त्यस कारण उहाहरुलाई सकारात्मक व्यवहार गर्न जरुरी छ ।”-मन्त्री पुनले भने, ‘जिम्मेवार भएर काम गर्नेहरुका लागि म नौनी जस्तै नरम हुने छु , तर, जिम्मेवारी पूरा नगर्नेलाई कहिल्यई माफी दिने छैन ।’

कुनै पूर्वाग्रह नराखी कामका आधारमा मुल्याङ्कन गरिने बताउँदै उहाले अस्पताल परिवारलाई जिम्मेवार हुन निर्देशनसहित अन्यथा तत्काल कारबाही वा जिम्मेवारीबाट बर्खास्त समेत गर्न सकिने चेतावनी दिए । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि थपघट हुन सक्ने बताउँदै उनले विगतमा गरिएका नियुक्तीहरुलाई आवश्यक परे खारेजी गर्न सकिने तर प्रतिशोधका लागि कसैलाई भूमिका विहिन वा हटाउने काम भने नहुने उल्लेख गरे ।

नयाँ सेवा शुभारम्भका अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। बासुदेव उपाध्यायले मातृ शिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रादेशिक अस्पतालको भूमिका सह्रानीय रहेको उल्लेख गरे । अस्पतालको सेवालाई थप सुधारका लागि स्थानीय पालिकाहरुसँग समन्वय गरी अघि बढ्न वृहत अन्तरक्रिया तथा छलफलको समेत तयारी रहेको उनले बताए । अस्पतालको विकासका लागि आवश्यक सहयोग वा कुनै नीति नियम सुधार गर्नुपर्ने भएमा मन्त्रालयमा आउन सुझाव दिए ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले अनलाइन टिकट सेवासँगै अब छिट्टै डिजिटल भुक्तानी सेवा समेत शुभारम्भ गर्ने तयारी रहेको जानकारी गराए । यसैगरी अस्पतालमा बीमा सेवातर्फ टिकटका लागि हुने भिडलाई कम गर्न थप काउन्टर विस्तार गरिने बताए । बीमातर्फ भुक्तानीका लागि हाल ५ वटा काउन्टर सञ्चालन गर्दै आएको अस्पतालले यसको सङ्ख्या बढाएर १० वटासम्म पुर्याउने योजना रहेको बताए ।

अस्पतालमा शल्यक्रिया उपचारका लागि महिनौं कुर्नुपर्ने अवस्थालाई कम गर्न छिट्टै प्रसुती सेवातर्फको शल्यक्रिया कक्ष छुट्टै बनाउने उल्लेख गरे । आफू मेसु भएर आएपछि सुधारका कामहरुको क्रमशः परिणाम देखिँदै गएको उनको दाबी छ । अस्पतालमा बन्द अवस्थामा रहेको ल्याप्रोस्कोपी सेवा सञ्चालन, युरो मेसिन खरिद लगायतका उपकरण व्यवस्थापन तथा कार्यक्षमता वृद्धिका लागि रफ्तारमा काम भैरहेको उल्लेख गरे । प्रदेश सरकारको गौरव आयोजना अन्तरगत बन्दै गरेको नयाँ भवनको काम सन्तोषजनक रहे पनि यसको रफ्तारलाई समेत थप बढाउन पहल भैरहेको उल्लेख गरे ।

अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको कार्यक्रम भएको थियो । सो अवसरमा अस्पतालले बी लेभल अस्पताल अन्तरगत नेपालमै प्रथम भई पुरस्कृति भएको कुरा जानकारी गराइएको थियो । वर्ष २०७९/८० को एमएसएस मुल्याङ्कन अनुसार सर्वोउत्कृष्ट अंक ल्याई नेपाल प्रथम हुन सकेको अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले जानकारी गराइन । काठमाडौंमा आयोजित एमएसएस राष्ट्रिय समीक्षा गोष्ठीका अवसरमा अस्पतालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ३७ बजे

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको

देशका विभिन्न भू-भागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने