१६ फाल्गुन २०८२, शनिबार | February 28, 2026

पत्रकार महासंघ बाँकेले पाएको जग्गामा जनप्रतिनिधिकै अगुवाइमा अतिक्रमण भएपछि दल गुहार्दै पत्रकार नेताहरु



नेपालगन्ज । स्थानीय सरकारले कानुन बमोजिम पत्रकार महासंघलाई भोगाधिकार दिएको सार्वजनिक जग्गामा स्थानीय सरकारकै जनप्रतिनिधिले किचलो सुरु गरेपछि महासंघ बाँकेले न्यायका लागि सरोकारवाला र राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । नेपालगन्ज नगरपालिकाले २०६६ सालमा भोगाधिकार दिएको र उपमहानगरको वर्तमान कार्यपालिकाले समेत जग्गा संरक्षणका लागि कम्पाउण्ड वाल लगाउन बजेट बिनियोजन गरेको जग्गामा उपमहानगरकै एकजना वडा अध्यक्षले जबर्जस्ती सडकको नाममा हडप्न खोजेपछि महासंघ र सम्बद्ध पत्रकार संगठनका नेताहरुले सरोकारवाला र राजनीतिक दलको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखामा भेला भएका पत्रकार सम्बद्ध नेताहरुले आज एक विज्ञप्ति प्रशाहित गर्दै महासंघले भोगाधिकार पाएको जग्गामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुन, नेपालगन्ज–४ को टोल विकास समितिका अध्यक्ष कर्णबहादुर मल्लको निर्देशन र नेतृत्वमा रहेको समूहले बिना कुनै सहमति रातारात पीसीसी सडक निर्माण गर्ने काय गरेको भन्दै निन्दा र भत्र्सना गरेका छन् ।

महासंघका बाँके अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारीका बाँके अध्यक्ष दुर्गा रोकाया, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री र प्रगतिशिल पत्रकार संघका बाँके संयोजक तिलक गाउँलेको संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा विगत दुई वर्ष अघिदेखि सोही समूहले बाटो विवाद सिर्जना गर्र्दा पटक पटक बसेका बैठक र छलफलहरु भएर जग्गा अतिक्रमण रोक्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।

‘नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासंंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी र नेपालगन्ज–४ का वडाध्यक्ष गोपाल पुनबीच नगर प्रमुखकै कार्यकक्षमा बसेको बैठकबाट वडाले बजेट विनियोजन गरी सुरु गरेको सडक निर्माण महासंघको जग्गाको सीमानासम्म मात्र गर्ने महासंघको जग्गामा नगर्नु नगराउनु भन्ने नगर प्रमुखको निर्देशन र वडाध्यक्षले प्रतिबद्धताविपरित काम भइरहेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

महासंघको जग्गा खण्डित गरी स्थानीय सरकारका जनप्रतिनिधिकै रोहवर र संरक्षणमा जोरजर्बजस्ती अतिक्रमण गर्ने कार्य अख्तियारको दुरुपयोग र कानूनी राज्यको उपहास भएको समेत उनीहरुले ठहर गरेका छन् । महासंघको कार्यालय रहेको जग्गामा एक वर्ष अघि नेपालगन्ज उपमहानगरपालिकाले बजेट विनियोजित गरी पर्खाल लगाउने प्रयास भइरहँदा पनि सोही समूहले अवरुद्ध गरेर जग्गा संरक्षणको कार्यमा बाधा पु¥याइरहेकाले विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

महासंघको जग्गा संरक्षणको अभियानमा सहयोग गर्न महासंघ सहितका संगठनका नेताहरुले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी लगायत सबै सरोकारवाला निकायलाई ऐक्यबद्धताका लागि अपील गर्दै भोगाधिकार पाएको जग्गामा निर्माण भइरहेको सडकको काम तत्काल रोक्न स्थानीय सरकार, प्रहरी, प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सरोकारवाला निकायको ध्यानार्कषण समेत गराएका छन् ।

जग्गा संरक्षणका क्रममा महासंघका पदाधिकारी, कर्मचारी र पत्रकारबिरुद्ध हुलहुज्जत गर्ने, धाकधम्की दिई त्रासको वातावरण सिर्जना गर्ने व्यक्ति र समूहमाथि कारबाही गर्न र पत्रकारको सुरक्षा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

नेपालगन्ज नगरपालिका (हाल नेपालगन्ज उपमहानगरपालिका)ले मिति २०६६ साल भदौ २५ गते सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार नेपाल पत्रकार महासंघ बाँके शाखालाई नेपालगन्ज नगरपालिका–५ (हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४)मा रहेको कित्ता नम्बर ४३ को ०–२–१४१÷२ क्षेत्रफलको जग्गा भोगाधिकारका रुपमा उपलब्ध भई महासंघले दुईवटा भवन निर्माण गरेर कार्यालय सञ्चालनमा रहेको छ ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ५१ बजे

बुटवल गार्डियन्स ०७९ द्वारा सुरज पाण्डेलाई समर्थन

बुटवल । सामाजिक कार्यमा सक्रिय बुटवल गार्डियन्स ०७९ ले सुरज

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : विश्वप्रकाश

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

काठमाडौं । पश्चिम एशियामा विकसित हुँदै गएको सुरक्षा अवस्था र

पश्चिम एशियामा तनाव बढ्दै, इजरायलस्थित नेपाली दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने आठ जनालाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही