९ चैत्र २०८२, सोमबार | March 24, 2026

बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्ने बिश्वास लिएका छौं- लिला गिरी



दाङ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले) संसदिय दलका नेता लिला गिरीले बजेटले प्रदेशको समृद्धिको आधार तयार पार्नेमा बिश्वास लिएको बताएका छन ।

नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गिरीले भने, “प्रदेशको समृद्धिका लागि बजेट फलदायी हुनेछ । बजेट प्रदेशबासीको आकांक्षा सम्बोधन गर्न सफल भएको छ ।” कृषि, पर्यटन, उद्योग र वनलाई समृद्धिको आधार मानेर सरकारले बजेट ल्याएको बताउँदै पूर्व मुख्यमन्त्री गिरीले बजेटले प्रदेशको समृद्धिको बाटो तय गरेको दाबी गरे । “आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा प्रदेशलाई समृद्ध बनाउने थुप्रै आधारहरु छन्”, गिरीले भने, “कृषि, पर्यटन, उद्योग, वन प्रदेशका समृद्धिका आधार हुन् । यी क्षेत्रको विकास गरी समृद्ध प्रदेश निर्माणको अभिलाषा बजेटमा देखिन्छ । यो प्रदेशका लागि सकारात्मक पक्ष हो ।”

उक्त अवसरमा दलका नेता गिरीले बजेटलाई गम्भीरताका साथ अध्ययन गरी बजेटका सकारात्मक पक्षका बारेमा जनतालाई साक्षात्कार गराउन प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिए । “बजेटलाई गम्भीरताका साथ अध्ययन गरेर यसका सकारात्मक पक्षको बारेमा जनतालाई साक्षात्कार गर्ने काम सभाका सदस्यको हो । तपाईँहरु यो कार्यमा जुट्नुहोस्”, गिरीले सभाका सदस्यहरुलाई निर्देशन दिँदै भने, “आफ्नो निर्वाचन क्षेत्रमा योजना परे नपरेकोमा मात्रै ध्यान दिनु भन्दा पनि बजेटले दिन खोजेको सन्देशलाई जनतामाझ लैजानुहोस् ।”

उक्त अवसरमा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटप्रति सकारात्मक प्रतिक्रिया आइरहेको बताए । प्रदेशको वर्तमान स्थितिलाई मध्यनजर गर्दै समृद्ध प्रदेशको आधार तयार पार्न बजेट सफल हुने बताए । २ अर्ब बढी चालु खर्च घटाएर पूँजीगत खर्च बढाएर बजेट ल्याइएको जानकारी दिँदै मन्त्री आचार्यले प्रदेशको राजश्व वृद्धिका आधार खोजी गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने आधार बजेटले तयार गरेको बताए ।

बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थी र सामाजिक विकास मन्त्री रत्न खत्रीले प्रदेशका सबै क्षेत्रलाई बजेटले समेटेको बताए । बैठकमा प्रदेश सभा सदस्यहरु रामजी घिमिरे, डिल्ली भुसाल, दुर्गा चौधरी, जानकी न्यौपाने, सीता शर्मा चौधरी, तुलसीराम शर्मा, खेम सारु, राजुप्रसाद श्रेष्ठ, इन्दिरा गहतराजले बजेटका बारेमा जानकारी गराएका थिए । बैठकको सहजीकरण प्रमुख सचेतक तुलसी चौधरीले गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ४ : ३५ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११