९ श्रावण २०८३, शनिबार | July 25, 2026

राजनीतिमा बढेको आपराधीकरणले समस्याः डा कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गरका छन् । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

उनले भने, “राजनीति पैसा कमाउनका लागि मात्रै गर्ने हो भन्ने कतिपयको सोचले विकृति बढेको छ, यसलाई निर्मुल पार्नुपर्छ ।” आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले जस्तोसुकै अपराध गरे पनि त्यसलाई जोगाउनेतर्फ दलहरू लाग्ने गरेको उनको भनाइ थियो ।

भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको जिकिर गर्दै उनले राजनीतिकले नै भ्रष्टाचारलाई प्रसय दिएको बताए । उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने बताए । उनले सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।

नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताए । उनले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डीला सङ्ग्रौला, मुस्लिम सङ्घका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेसले ध्यान दिनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका प्रमुख तथा नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राखे ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ४४ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको