२० मंसिर २०८२, शनिबार | December 6, 2025

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रत्यक्षबाट सांसद बनेका दुई जनाले भने अशोक राई नेतृत्वको जसपा रोजेका छन् र सरकारलाई समर्थन गरेका छन् ।

यद्यपि उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ । जसपा नेपालले समर्थन फिर्ता लिएपनि सरकारलाई अझै ४७ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ११ : ५२ बजे

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत