१६ फाल्गुन २०८२, शनिबार | March 1, 2026

को को छन् मुख्यसचिवको दौडमा ?



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भएको छ ।

हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल  मुख्यसचिवको प्रतिस्पर्धामा छन् । वरियताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।

सचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन् ।

मूख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका वरिष्ठ सचिवले निमित्त मूख्य सचिवको जिम्मेवारी पाउनेछन् । प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ३१ बजे

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि : नेपालमा यथावत्

काठमाडौँ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग