१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

अभिलेख संरक्षण विधेयक पारित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकबारे आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन माथिसमेत सामान्य छलफल भएको थियो ।

अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरुको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक तथा प्राविधिक विषय सुधार गर्न अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न वाञ्छनीय रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ४ : २२ बजे

राष्ट्र बैंकले माग्यो कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकसँग स्पष्टीकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष

“निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्छ”

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा

कतारस्थित नेपाली दूतावासद्वारा सुरक्षाका निर्देशन पालना गर्न आग्रह

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा

त्रिभुवन विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं । खाडी क्षेत्रमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान

सर्वोच्च नेता खामेनीको हत्या भएको दाबीपछि इरानको कडा चेतावनी, बदला लिने घोषणा

तेहरान । इरानले आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या