१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन



काठमाडौं । सङ्घीय संसद्को सार्वजनिक लेखासमितिले राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समग्र अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

समितिको यसअघिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेबमोजिम उपसमिति गठन गरिएको उनले बताए । “राज्यको यति ठूलो लगानी भएको गौरवका आयोजना किन अलपत्र भयो ?, सञ्चालनमा भएका कमजोरी पत्ता लगाउन सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले दुई उपसमित गठन गरिएको छ”, सभापति पोखरेलले भने ।

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा १२ सदस्यीय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको छ ।

दुवै विमानस्थलको अध्ययनका लागि सङ्घ र प्रदेशको लेखासमितिको सक्रियतामा साझा दस्तावेज तयार गरिने र त्यो सङ्घीय लेखासमितिको नेतृत्वमा हुने जनाइएको छ । दुवै उपसमितिलाई एक महिनाको समय दिइएको छ ।

समितिका सचिव एकराम गिरीकाअनुसार दुई विमानस्थलको स्थलगत अनुगमन र अध्ययन गरी सुझाव दिने उद्देश्यले समिति गठन गरिएको जानकारी दिए । उनले मुलुकको गौरवसँग जोडिएको र ठूलो लगानीमा बनेका परियोजनाले लामो समय किन प्रतिफल दिन सकिरहेका छैनन् ? भन्ने आमचासो र जनसरोकारको विषय भएकाले समितिले अग्रसरता लिएको उल्लेख गरे ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ११ : ०३ बजे

‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ’ : मतदातालाई ओलीको अपिल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको पूर्वसन्ध्यामा

ओलीको जीत देशको स्वाभिमानसँग जोडिएको विषय : योगेश भट्टराई

झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश कुमार भट्टराईले झापालाई नेपालका

बोले पूर्णबहादुर खड्का : पार्टीका पक्षमा मतदान गर्न आह्वान

काठमाडौँ । निर्वाचनको मिति आउन ४ दिन बाँकी रहँदा नेपाली

पाँच हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन