२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रधानमन्त्रीलाई मधेशी आयोगको पत्र : राजदुत लगायत अन्य नियुक्तीमा समावेशिता देखिएन



काठमाडौं । मधेशी आयोगले प्रधानमन्त्रीलाई सरकार द्वारा विगतमा गरिएका नियुक्तिहरुमा समानुपातिक समावेशिता नदेखिएको भन्दै पत्र पठाएको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै नेपालको संविधान २०७२ को प्रस्तावना तथा विभिन्न धाराहरुमा समानुपातिक समावेशिता तथा समनाताको बारेमा उल्लेख भएपनि व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकामा सो को कार्यन्वयनको अवस्था निकै कम्जोर देखिएको उल्लेख गरेका छन् ।

सो पत्रमा विगत केही वर्ष देखि राज्यको विभिन्न अंगहरु जस्तै कुटनीतिक नियोग, संवैधानिक निकाय आदिहरुमा हुने नियुक्तिमा मधेशी समुदायको शुन्य प्रतिशत उपस्थिति देखिएकोले आयोगको गम्भीर ध्यानकर्षण भएको बताइएको छ ्र यसरी राज्यको विभिन्न महत्वपूर्ण निकायहरुमा हुने नियुक्तिमा समानुपातिक समावेशिताको सिद्धान्त पालना नभएको विषय निकै चिन्ताजनक भएको समेत पत्रमा उल्लेख गरिएको छ ।

सो पत्र मार्फत आयोगले आगामी दिनहरुमा हुने नियुक्तिहरुमा समानुपातिक समावेशिता तथा समानताको सिद्धान्तलाई अक्षरसः कार्यान्वयन हुने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ३६ बजे

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन समारोह सम्पन्न

बुटवल । रोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का

मनसुनमा घुम्ने रहर

गण्डकी । वर्षायामलाई पर्यटनमा बेमौसम ९अफसिजन० मानिन्छ । सामान्यतया यो

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो