२० माघ २०८२, मंगलबार | February 3, 2026

टी-२० विश्वकपको फाइनल आज, उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै



काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।

सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले २००७ को टी-२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ को विश्वकपमा दक्षिण अफ्रीका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् ।

त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्बाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : ३९ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि