२० असार २०८३, शनिबार | July 4, 2026

टी-२० विश्वकप : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको चुनौती



काठमाडौं । ओपनर विराट कोहलीको अर्धशतकप्रेरित भारतले आईसीसी टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७६ रन बनाएको हो ।

भारतबाट कोहलीले ७६ रन बनाए । उनले ५९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कोहलीले ३४-३ को अवस्थाबाट अक्षर पटेलसँग चौथो विकेटका निम्ति ७४ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पटेलले ३१ बलमा एक चौका र चार छक्कासहित ४७ रन बनाए ।

कोहलीले १०६-४ को अवस्थाबाट पाँचौँ विकेटका निम्ति ५७ रनको साझेदारी गरेपछि भारत बलियो योगफलसम्म पुगेको हो । शिवम दुवेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रन जोडे ।

दक्षिण अफ्रिकाका केशव महारेज र एनरिक नोर्ट्जेले दुई/दुई विकेट लिए । मार्को जान्सेन र कगिसो रबाडाले समान एक विकेट लिए ।

टी-२० विश्वकपको इतिहासमा भारत तेस्रोर दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् । जारी विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा दुवै टिम हारेका छैनन् । टी-२० विश्वकपको इतिहासमा पहिलोपटक दुवै टिम अपराजित रहँदै फाइनलसम्म आएका हुन् ।

क्रिकेटको सबैभन्दा सानो संरचनाको यो विश्वकपले पहिलोपटक अपराजित विश्व च्याम्पियन पाउने निश्चित छ । दुवै टिम अपराजित रहँदै विश्वकपको नवौँ संस्करणको च्याम्पियन बन्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : ०७ बजे

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार

प्रचण्ड-माधव बुटवलमा, लुम्बिनी प्रदेश प्रशिक्षणमा सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इरानद्वारा दिवङ्गत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

तेहरान । इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली