९ पुस २०८२, बुधबार | December 24, 2025

ओलीलाई १० पटक फोन गरे तर आउनु भएन् : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबि गरेका हुन् ।

महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए । उनले भने( ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

आजसम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमाले बाहेक अन्य सबै दलका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : ४३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना