१७ माघ २०८२, शनिबार | February 1, 2026

निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल



काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले आज वक्तव्य जारी गर्दै महासङ्घका अध्यक्षसहित केन्द्रीय समितिलाई ध्यानाकर्षण गराएका हुन् । पूर्वसभापतिहरुले नेपाली पत्रकारको साझा र भरोसायोग्य संस्था पत्रकार महासङ्घभित्र पछिल्लो केही दिनयताका काम कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “महासङ्घको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था रहेको महासङ्घको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयमा तालाबन्दी र हुलहुज्जत हुनु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको वक्तत्व्यमा उल्लेख छ ।

नेपाल पत्रकार महासङ्घका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र पार्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासङ्घका वर्तमान कार्यसमितिलाई पूर्वपदाधिकारीहरुले अपिल गरेका छन् । अपिल गर्ने पूर्वसभापतिहरुमा किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले हुन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : १९ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले