१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु



काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आइतबार एउटा निजी जेट बिजुलीको तारसँग ठोक्किएको छ । त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । ब्रिटिश मिडिया हाउस मेट्रोका अनुसार घटना स्थानीय समय अनुसार अपराह्न ४ बजे भएको हो । मृत्यु हुनेमा एक महिला पनि छन् ।

प्रहरीका अनुसार यो घटना राष्ट्रिय राजमार्ग ए ४ मा भएको थियो र विमान दुर्घटना हुनुभन्दा आधा घण्टा अगाडि उडेको थियो । विमानको मोडल सेस्ना १७२ हो । जेटको माथिल्लो भाग पावर केबलमा ठोक्कियो, जुन उच्च भोल्टेजको विद्युतीय केबल थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

राजमार्ग दुवैतर्फबाट बन्द भएको र उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य गरेको प्रहरीले जनाएको छ । विमान उडाउने पाइलटले गत वर्ष मात्रै लाइसेन्स पाएका थिए । पाइलटसँग सय घण्टा जेट उडानको अनुभव थियो ।

अधिकारीहरूले राष्ट्रिय राजमार्गमा जेट उडेको बारेमा प्रश्न उठाएका थिए। उड्डयन मन्त्रालयले यस विषयमा अनुसन्धान थालेको छ ।  ए ४ राष्ट्रिय राजमार्गमा यो वर्ष अहिलेसम्म दुईवटा निजी विमान दुर्घटनामा परेको स्थानीयले बताएका छन् । यसअघि पनि स्थानीय अधिकारीले यहाँबाट विमान उड्ने विषयमा प्रश्न उठाएका थिए ।

बिदाको दिन भएकाले राजमार्गमा सवारीसाधनको चाप बढी रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ३० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा