२५ माघ २०८२, आइतबार | February 8, 2026

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके



बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता बनाउने तालिम दिएको छ। जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए। उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्‍याउनका लागि सहजीकरण गर्ने बताए।

नगर प्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत तालिम दिएका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई कोशेली घरका रुपमा स्थापना गरी बजारसम्म पुर्‍याउन नगरले अगुवाई गर्ने बताए।

उनले कोशेली घरमा बुटवलले दिने सबै तालिमहरुबाट उत्पादन भएका उद्यमी तथा स्वरोजगारहरुलाई प्रवर्द्धन गर्ने गरी व्यवस्थापन गर्ने बताए।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको क्षमता विकासमा बुटवलले विशेष जोड दिएको बताइन्।

कार्यक्रममा सिटिजन बैंकका प्रदेश प्रमुख प्रयास अर्याल, उद्योग वाणिज्य संघका मदनकुमार कार्की, शाखा प्रमुख गुनाकर खनाललगायतले बोल्दै बुटवललाई उद्यमका क्षेत्रमा अगाडि बढाउन सामुहिक प्रयास जरुरी रहेको बताए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ५५ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय