१ पुस २०८२, मंगलबार | December 17, 2025

बुटवलका ३५ जना महिलाले जुत्ता बनाउन सिके



बुटवल । बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई १० दिने जुत्ता बनाउने तालिम दिएको छ। जुत्ता चप्पल बनाउने तालिम लिएका महिला उद्यमीलाई सोमबार एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्तरण गरिएको छ।

प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा सीप र रोजगारलाई प्राथमिकता दिदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्ने बताए। उनले महिला र युवाहरुलाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तुहरु बजारसम्म पुर्‍याउनका लागि सहजीकरण गर्ने बताए।

नगर प्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम अन्तरगत तालिम दिएका महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई कोशेली घरका रुपमा स्थापना गरी बजारसम्म पुर्‍याउन नगरले अगुवाई गर्ने बताए।

उनले कोशेली घरमा बुटवलले दिने सबै तालिमहरुबाट उत्पादन भएका उद्यमी तथा स्वरोजगारहरुलाई प्रवर्द्धन गर्ने गरी व्यवस्थापन गर्ने बताए।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको क्षमता विकासमा बुटवलले विशेष जोड दिएको बताइन्।

कार्यक्रममा सिटिजन बैंकका प्रदेश प्रमुख प्रयास अर्याल, उद्योग वाणिज्य संघका मदनकुमार कार्की, शाखा प्रमुख गुनाकर खनाललगायतले बोल्दै बुटवललाई उद्यमका क्षेत्रमा अगाडि बढाउन सामुहिक प्रयास जरुरी रहेको बताए।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : ५५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष