९ पुस २०८२, बुधबार | December 24, 2025

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा छलफल सुुरु भएको छ । जारी महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

पार्टीको कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा समूह बनाएर छलफल सम्पन्न गरिएपछि प्रतिनिधिको सुझावसहित अनुमोदन गरिने जानकारी दिँदै नेता पाण्डेले महाधिवेशन सञ्चालनमा सहजीकरण तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिइ एकीकृत दस्तावेज बनाएर पारित गराउने जिम्मेवारीसहित सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको बताए । उनले निर्णय र बहस टिपोटका लागि कमिटीसमेत गठन गरिएका जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचनका लागि विद्युतीय उपकरणको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १० : ३४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना